दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरी साइबर ब्युरोले बुधवार प्रसाईँलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो ।
अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको ब्युरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।