२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

अछाममा असईले हाने आफ्नै छातीमा गोली



सुर्खेत । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले आफैंमाथि गोली प्रहार गरेका छन्।

उनले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। भण्डारीले भने, ‘बिहीबार राति राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंमाथि गोली प्रहार गरेको भन्ने अबर आएको थियो उहाँलाई हामीले उपचारका लागि सुर्खेत पठाएका थियौं । त्यहाँबाट बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ। अहिले उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ ।’

चन्दले गोली प्रहार गर्नुको कारण भने नखुलेको भण्डारीले बताए । घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको पनि उनले बताए ।

यो अप्रत्याशित घटनाले प्रहरी विभागभित्रको सम्भावित मानसिक तनाव वा अन्य आन्तरिक कारणहरुप्रति प्रश्न उठाएको छ । अनुसन्धानपछिको रिपोर्टले यसबारे थप खुलासा गर्ने आशा छ ।

प्रकाशित मिति : २०८१ मंसिर १४ गते शुक्रबार
Translate »