महावु गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी


दैलेख । महावु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकाका जङ्गबहादुर शाही विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको प्रारम्भिक मत परिणाम अनुसार एमालेका शाहीले तीन हजार १२७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका झलक भण्डारीले दुई हजार ६७५ मत प्राप्त गरेका छन् ।
नेकपामा माओवादीका जङ्ग बहादुर बराल मगरले ८४२, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश एक सय १२ मत प्राप्त गरेका छन् । महावु गाउँपालिकामा १२ हजार ६१४ मतदाता रहेकोमा छ हजार ९८९ मत खसेको थियो ।

