दसौं राष्ट्रिय खेलकुद चैतमा हुने

सुर्खेत । कर्णाली प्रदेशमा हुने तय भएको दसौं राष्ट्रिय खेलकुदको मिति तोकिएको छ । आउँदो चैत २३ देखि ३० सम्म प्रतियोगिता गरिने भएको राखेपले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं राखेप बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि राखेपले दसौं राष्ट्रिय खेलकुद मंसिर २ देखि ९ सम्म कर्णाली प्रदेशमै गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको २०७९ साल कात्तिक २ भएको समापनका बेला बसेको ११५ औं बोर्ड बैठकले उक्त मितिमा दसौं राष्ट्रिय खेलकुद गर्ने प्रस्ताव गरेको थियो ।

Translate »