लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट २ जना पक्राउ


सुर्खेत । सुर्खेतले प्रहरीले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला स्थित लागुऔषध नियन्त्रण शाखासहितको संयुक्त टोलीले शनिबार बेलुका जिल्लाको वीरेन्द्रनगर–१०, चौखेढुङगाबाट बीरेन्द्रनगर–४, निवासी २७ वर्षिय निशान्त खत्री र सोही ठाउँका २५ वर्षिय राजन गिदेललाई ब्राउनसुगरसहित रंगेहात पक्राउ गरेको हो ।

चौखेढुङगामा  ब्राउनसुगरको कारोवार भईरहेको गोप्य सूचना पाएको प्रहरीको संयुक्त टोलीले शंकास्पद रुपमा बसेका दुबै जनाको साथबाट ५.५२० मिलिग्राम लागुऔषध ब्राउनसुगर वरामद गरेको जनाएको छ ।

लागू औषध ब्राउनसुगरसहित रंगेहात पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) बीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

Translate »