१४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ


बर्दिया । १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न थप तीन आरोपित फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
पक्राउ पर्नेमा १८ वर्षका पाँच किशोरसहित तीन जना रहेका छन् । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–२ का २२ वर्षीय बुद्धिराम डाँगी, २३ वर्षीय गोपालजंग शाह र १९ वर्षीय रवि चन्द रहेको प्रहरीले जनाएको छ ।

थप तीन आरोपितको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । गएको भदौमा पटक–पटक बलात्कार गरेको जाहेरी पीडितले दिएपछि उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, मोतीपुर, बाँसगढीका प्रहरी निरीक्षक रुपेश शाहले बताए ।
उनले पक्राउ परेका ८ जनाविरुद्ध सोमबार अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरी पाँच दिन म्याद थप गरेर थप अनुसन्धान शुरु गरिएको जनाए ।

