विद्यालय खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा नैनसिंह खत्री निर्वाचित

सुर्खेत । विद्यालय खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा नैनसिंह खत्री निर्वाचित भएका छन् ।

महासंघको प्रदेश स्तरीय भेलाले खत्रीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा उपेन्द्रकुमार रावत, सचिव खिमलाल देवकोटा, प्रमुख सचिव वेदप्रकाश ढकाल, सचिव खेमबहादुर सिंह, सचिव विष्णुप्रसाद तिवारी तथा कोषाध्यक्ष हेमा खड्का निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा सुवास अधिकारी र दिपेन भुसाल निर्वाचित भएको अध्यक्ष खत्रीले जानकारी दिए । महासंघले केन्द्रीय प्रतिनिधिमा नैनसिंह खत्री, उपेन्द्र देवकोटा, खिमलाल देवकोटा, र सुवास अधिकारी चयन गरेको बताईएको छ ।

विद्यालय खेलकुद महासंघ गठनसँगै विद्यालय स्तरमा खेलकुद गतिविधि बढ्नुका साथै खेल विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।

Translate »