एमाले नेता महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक पक्राउ

काठमाडौं । शोभा पाठक पक्राउ परेकी छन् । नेकपा (एमाले) का नेता महेश बस्नेतसँग नाम जोडिएकी पाठक सोमबार (आज) दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेकी हुन् ।

पाठकले बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैँले गिरफ्तारी दिएको बताएकी छन् । यसअघि पनि उनी पक्राउ परेकी थिइन् ।
यसअघि पाठकले बस्नेतले आफूलाई अपार्टमेन्टमा राखेको र ‘ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी थिइन् ।