सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. विष्ट नियुक्त

 

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन् ।

गत शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले डा. विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् । डा विष्टले नेपाल टेलिभिजनको अध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन् ।

पनि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष भएका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नवनियुक्त अध्यक्षको अहिले केहीबेरमा सपथ लिने कार्यक्रम रहेको मन्त्रालय स्रोतले बताएको छ ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी केही महिना अघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याईएको थियो । सोहि ऐन अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा विष्टलाई नियुक्ति गरिएको हो ।

Translate »