२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

डोल्पाकी गर्भवतीको हेलिकप्टरबाट उद्दार गरी सुर्खेत ल्याईयो



डोल्पा  । उपल्लो डोल्पाकी गर्भवतीको हेलिकप्टरबाट उद्दार गरी सुर्खेत ल्याईएको छ ।

डोल्पोबुद्ध गाउँपालिका-५ तिन्जे गाउँ बस्ने २१ वर्षीया सोनाम साङ्मो गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले बताए ।

तीन महिनाकी गर्भवती गुरुङको एक्कासि तल्लापेट दुख्न सुरु भई पिप बग्न थालेपछि राष्ट्रपति महिला उद्दार कोष कार्यक्रम मार्फत हेलिकोप्टरबाट उद्दार  गरि उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीले बताए ।

सुत्केरी हुनुभन्दा छ महिना अगावै तल्लो पेट दुखेर सिकिस्त बिरामी परेपछि उद्दार सँगै उपचारका लागि समन्वय गरिदिन अनुरोध गर्दै डोल्पोबुद्ध गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय डोल्पालाई पत्र लेखेको थियो ।

प्रकाशित मिति : २०८१ पुस २ गते मंगलबार
Translate »