धनगढीमा नेपाली काँग्रेसका वरिष्ठ नेता डा.कोइरालालाई १५ किलोको मालाले भव्य स्वागत

धनगढी । सुदूरपश्चिम प्रदेश भ्रमणमा रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर भव्य स्वागत गरिएको छ ।

नेता कोइरालालाई आगामी १५ औं महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजा सहित भव्य स्वागत गरिएको थियो । वरिष्ठ नेता कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डे सहितका काँग्रेसका तर्फबाट १५ किलोको माला लगाएको हो ।

१५ औं महाधिवेशनका लागि शुभकामना दिँदै नेता÷कार्यकर्ताले कोइरालाको पक्षमा नारा लगाएका थिए । स्वागतका लागि धनगढी विमानस्थालमा भेला भएका पार्टी कार्यकर्ताले भावी सभापति शेखर कोइराला जिन्दाबाद ! सुदूरपश्चिमले के भन्छ ? १५ औं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ, जस्ता कोइरालाको पक्षमा चर्को नारा लगाएका थिए । उनको स्वागतका लागि थारु सांस्कृति झल्किने पहिरन सहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रर्दशन गरिएको थियो ।

नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ । एक स्थानीय कार्यकर्ताले बताए अनुसार यस पटक पार्टी सभापति शेरबहादुर देउवा आउँनु भन्दा पनि नेता कोइरालाको स्वागतमा बढी सहभागिता रहेको बताए ।

पार्टी सभापति देउवाको कार्यशैलीबाट वाक्कदिक्क भएका सुदूरपश्चिम काँग्रेसी नेता तथा कार्यकर्तामा निकै खुशी छाएको र पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेको नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेशबहादुर मल्लले जनाए । दिउँसो धनगढीमै नौ ओटा जिल्लाका पार्टी कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेको थियो ।

Translate »