महाकालीको पानी ‘डाइभर्सन’ गर्दै गरेको भारतीय एस्क्याभेटर नेपालीको नियन्त्रणमा

दार्चुला । नेपाल-भारत सीमा नदी महाकालीको पानी नेपालतर्फ ‘डाइभर्सन’ गर्दै गरेको अवस्थामा भारतीय एस्क्याभेटर र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका-५ स्थित वीरेन्द्र वन नजिक महाकालीको पानी नेपालतर्फ ‘डाइभर्सन’ गर्दै गरेको अवस्थामा भारतीय एस्क्याभेटर र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज जोशीले भारततिर बाँध बनाउने क्रममा नेपालतर्फ पानी (डाइभर्सन) गरिएको बताए । उनले नेपालतर्फ बाँध बनाउँदा पनि भारततर्फ पानी (डाइभर्सन) गर्ने गरिएको बताए।

उनले भने, ‘नेपालतर्फ बाँध बनाउँदा भारत र भारततिर बाँध बनाउने क्रममा नेपालतर्फ पानी लगाउने (डाइभर्सन) गर्ने गरिन्छ। हामीले बाँध बनाउँदा पनि भारततर्फ पानी डाइभर्सन गर्ने गर्दछौं। अहिले भारततर्फ बाँध बनिरहेको हुँदा यता डाइभर्सन गरिएको हो।’

Translate »