मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा मृत फेला परेकी उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार सुतेकै ठाउँमा अचेत फेला परेकी उनलाई परिवारका सदस्यले तुरुन्त अस्पताल पुर्‍याएका थिए । जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत रहेकी सुनितालाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । साथै उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।

Translate »