देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य : भीम रावल
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको बताएका छन् ।
एमालेबाट निष्कासनमा परेपछि पहिलो पटक आफ्नो आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता रावलले देशका स्वाधीनता, स्वाभिमान, हितको रक्षा र सम्वद्र्धन तथा जनताका आवश्यकता पुरा बैकल्पिक राजनीतिक शक्तिको निर्माण आवश्यक रहेको धारणा राखेका हुन् ।
पत्रकार सम्मेलनमा धेरै समय एमाले अध्यक्ष ओलीको आलोचनमा खर्चिएका नेता राववले आफूले ५०औं वर्ष बिताएको पार्टीमा सदस्यता नै खारेज गरेपछि नयाँ बाटो हिँड्न लागेको बताए । नेता रावलले नयाँ पार्टी घोषणाका सम्बन्धमा भने कुनै योजना उल्लेख गरेनन् ।
उनले ठूला भनिएका दलहरू सिद्धान्तहीन बाटोमा लागेको आरोप लगाए। पूर्वउपप्रधान एवम् रक्षामन्त्रीसमेत बनेका रावलले भने, ‘ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेका छन् । पद हत्याउने होड चलिरहेको छ ।’
उनले कतिपय भ्रष्टाचार काण्डमा ठूलालाई जोगाइएको दाबी गरे । राष्ट्रिय स्वाधीनता, नागरिकको जनजीविका र राष्ट्रिय स्वाभिमानको झण्डा उठाउन, नेपाल र नेपालीको राम्रो भविष्य अगाडि बढाउन आफु कटिवद्ध रहेको भन्दै आफ्नो अभियानमा साथ दिन नेता रावलले आग्रह गरे ।