सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो प्रदेश स्तरीय जुनियर/युवा रेडक्रस गोष्ठी शुरु

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय दोस्रो जुनियर/युवा रेडक्रस गोष्ठी शुरु भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको आयोजना र जन नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगरको आतिथ्यतामा दोस्रो जुनियर÷युवा रेडक्रस प्रदेश स्तरीय गोष्ठी शुरु भएको हो । नेपाल रेडक्रस सोसाइटी समाजमा स्वयसेवकको भूमिकामा सरहानिय रहेको भन्दै आगामी दिनमा पनि अझ प्रभावकारी ढंगले कार्यक्रम अघि बढाउन रेडक्रसकर्मी प्रतिवद्ध रहेको आयोजकले बताएका छन् ।

कार्यक्रममा जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले नेपाल रेडक्रसले मानवीयका साथै समुदायको विकासमा खेल्ने सकारात्मक भूमिकामा विद्यालयको हरेक तवरबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका अध्यक्ष लिलाराम सुवेदीले सक्षम नयाँ पुस्ताले जन्मभूमि प्रतिको कर्तव्यलाई मुलुकको सेवा गर्ने अठोट ल्याउनु सकारात्मक पक्ष भएको बताए ।

उनले नेपालमै सम्भावना रहेको बताउँदै सुनिश्चित भविश्वयको लागि युवा विद्यार्थीले असल कार्य गर्नु पर्नेमा जोड दिए । नेपाल प्राकृतिक स्रोधसाधनमा असाध्यै धनी रहेको बताउँदै उनले त्यसको उपयोगितामा ध्यान दिनु पर्ने बताए । नयाँ पुस्ताले विदेश मात्र भनिरहनु भन्दा आफ्नै देशमा अवसरहरु निर्माण गर्नु पर्ने जोड दिए ।

स्वास्थ्य सहित मानविय कार्य गर्दै आएको नेपाल रेडक्रससँग समन्वय गरि रचानात्मक तथा सृजनात्मक कार्यमा विद्यार्थी भाईबहिनीहरुलाई अभिप्रेरित गर्न सरकारी स्तरबाट समेत सहयोग आवश्यक रहेको जन नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर कोइरालाले जनाए ।

कार्यक्रममा कर्णाली प्रदेशका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा शिक्षक नायक, संरक्षक, जिल्ला शाखा कार्यसमिति, उपशाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसअघि कर्णाली प्रदेश स्तरीय दोस्रो जुनियर÷युवा रेडक्रसको टोलीले वीरेन्द्रनगर बजार परिक्रमा गरेको थियो ।

Translate »