रुकुमकी सुत्केरीको हेलिकोप्टरबाट उद्दार गरेर उपचारका लागि सुर्खेत ल्याईयो
सुर्खेत । रुकुम पश्चिमको आठबिसकोटकी एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।
रक्तस्रावको कारण गम्भीर अवस्थामा रहेकी सुत्केरीलाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर उपचारका लागि सुर्खेत ल्याईएको हो ।
आठबिसकोट नगरपालिका–२ खदीकी २४ वर्षीया धनमाया बुढाको उद्दार गरेर प्रदेश अस्पताल सुर्खेतमा उपाचार शुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकोप्टर प्रयोग गरेर उद्दार गरिएको छ ।
उद्दार अघि आठबिसकोट नगरपालिका–२, स्थित स्यालाखदी स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको हो । सुत्केरीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हेलिकोप्टरबाट उद्दार गर्नु परेको बताईएको छ ।