बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–८, स्थित भगवती सामुदायिक वनमा बाघले आक्रमण गर्दा ओभरीकी ६३ बर्षिया चेती बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाघले खाएको अवस्थामा बुढाको टाउको र खुट्टा बिनाको शव फेला परेको स्थानीयले बताएका छन् । वनमा बाख्रा चराउन गएकी बुढालाई बाघले आक्रमण गरेको बताइएको छ ।