नेपाल निजामती कर्मचारी संगठन चौकुनेको अध्यक्षमा भण्डारी र बराहतालको अध्यक्षमा गौतम

वीरेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन सुर्खेतले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । संगठनले संगठनलाई गतिशाील बनाउन बुधबार पश्चिम सुर्खेतको चौकुने गाउँपालका र बराहताल गाउँपालिका कार्यसमितिको पुर्नगठन हो ।
चौकुने गाउँकार्य समितिको दोस्रो पालिका अधिवेशनले हेमन्त भण्डरीको अध्यक्षता १३ सदस्यिय पालिका कमिटि निर्विरोध निर्वाचित भएको छ । अधिवेशनले गाउँ कार्य समितिको उपाध्यक्षमा नारायण बास्कोटा, सचिव महेन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष मनिषाकुमारी कँडेल तथा सदस्यहरुमा कृष्ण गिरी, सोमबहादुर थापामगर, वर्षा घर्ती, शान्ति सापकोटा, हस्त कामी, विनु हिस्की मगर, चन्द्रबहादुर काङमुङ, धनबहादुर रानामगर र गोर्खबहादुर कठायतलाई निर्वाचित गरेको हो ।
संगठनका केन्द्रीय सदस्य शंकर भट्टराई, नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य निर्मला राना, पेशागत महासंघ सुर्खेतका सचिव रेशम रेग्मी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुर्खेतका सह–सचिव गंगनसिंह पाण्डे, संगठन चौकुनेका ईन्चार्ज टेकेन्द्र बुढा, चौकुने गाउँपालिका ५ नम्वर वडाध्यक्ष तुलाराम हिस्की मगरलगायत नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

यसैवीच संगठनको बराहताल गाउँपालिकाको दोस्रो गाउँपालिका अधिवेशनले भिमराज गौतमको अध्यक्षतामा ११ सदस्यीय गाउँ पालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनले गाउँ कार्य समितिको उपाध्यक्षमा पार्वती कोईराला, सचिब टेकनारायण चालिसे, कोषाध्यक्ष युवराज थापा तथा सदस्यहरुमा रामप्रसाद लामिछाने, रामबहादुर शाही, पुजा तिमिल्सेना, पवित्रा उपाध्याय, महेश ठाडा, धर्मराज शाही र छविलाल कार्की निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्य समितिलाई नेकपा एमाले कर्णाली प्रदेश सचिवालय सदस्य ईन्द्र केसी, कर्णाली प्रदेश सल्लाहकार सदस्य ताराकेशर गौतम, संगठनका केन्द्रीय अनुशासन आयोगका सदस्य प्रकाश शर्मा अधिकारी, कर्णाली प्रदेश महासचिव राजेश आचार्य, कर्णाली प्रदेश सचिव राजेन्द्र पोखरेललगायतले बधाई तथा सफल कार्यकाल शुभकामना व्यक्त गरेका थिए ।