बैतडीको सिगासमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जीप दुर्घटनामा परी मृत्यु हुनेमा सिगास गाउँपालिका–१, इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती पार्वति धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार शनिबार विहान ४ बजे तिर जिल्लाको सिगास गाउँपालिका–१ माँडौमा सुपप्र ०१००१ च ४०२८ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी सिगास गाउँपालिका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीय भागरथि धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जनाए ।
उनका अनुसार दुर्घटनाका घाईतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । उनले दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेको जनाए । जीप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियो । जीपमा चालकसहित ८ जना सवार रहेको थिए । चालक फरार छन् ।