रवि लामिछाने सभामुखलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका छन् ।
आफ्ना दलका सासंद सहित सभामुखको कार्यकक्षमा पुगेर उनले सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका हुन् ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी पछि गत पुस ८ गते लामिछाने सांसदबाट निलम्बित भएका थिए ।
शुक्रवार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर लामिछानेले निवेदन दिएका हुन् । लामिछाने जाँदा उनीसँगै रास्वपाका १५ जना सांसद र उनका वकिल समेत थिए ।