एमाले चौकुनेले पार्टी निर्माण र संगठन विस्तार अभियानलाई तीव्रता दिँदै

गुटु । नेकपा एमाले चौकुने गाउँ कमिटीले पार्टी निर्माण र सङ्गठन बिस्तार अभियानलाई तीव्रता दिएको छ ।
पश्चिम सुर्खेतको गुटुमा आज बसेको चौकुने गाउँकमिटीको चौथो बैठकले जनजीविका र जनसरोकारका विषयलाई लिएर गाउँ टोल अभियानलाई तीव्रता दिन लागेको हो ।
एमाले चौकुने गाउँ कमिटी अध्यक्ष शंकरबहादुर कामीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नवराज रावतको प्रमुख आथित्यततामा शुरु भएको कार्यक्रममा सङ्गठन बिस्तार सहित प्रशिक्षणलाई उच्च प्राथमिकता दिईएको छ ।

बैठकमा सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटा, जिल्ला उपाध्यक्ष मोहन बडुवाल, एमाले प्रदेश कमिटी सचिवालय सदस्य ईन्द्रबहादुर केसी, जिल्ला सचिवालय सदस्य तुलबहादुर सहकारी, निर्मला राना, चौकुने गाउँपालिका ईन्चार्ज हरिप्रसाद खनाल, पञ्चपुरी नगर अध्यक्ष भिमबहादुर रावतलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
बैठकले पार्टीलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउन वडा केन्द्रित अभियानलाई लक्षित गर्दै गाउँटोल अभियानलाई प्रभावकारी बनाउन लागेको हो ।
अभियान अन्तर्गत पार्टीका नेता कार्यकर्ता र संगठनका जिम्मेवारलाई टोलसम्मै परिचालन गरिने बैठकले निर्णय लिएको छ ।