मपलाई दुई स्वर्णसहित तीन रजत पदक

सुर्खेत । दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा मध्यपश्चिम विश्वविद्यालय (मप) ले दुई स्वर्णसहित तीन रजत पदक जित्न सफल भएको छ । ​​

राष्ट्रिय खेलकुद परिषदद्वारा पोखरामा आयोजित दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा मध्यपश्चिमले पुरुष भलिबलतर्फ र महिला ४ सय मिटर दौडमा गरी दुई वटा स्वर्ण पदक तथा महिला ८ सय मिटर दौड, पुरुष ८ सय मिटर दौड र महिला लंङजम्प गरी तीन रजत पदक जित्न सफल भएको मध्यपपश्चिम विश्वविद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक तेजबिक्रम बस्नेतले जानकारी दिए ।

उनले पोखरा रंगशालामा माघ २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामा देशभरका नौ विश्वविद्यालय मध्य मध्यपश्चिम विश्वविद्यालयले तेस्रो स्थान प्राप्त गर्न सकेको बताए ।

प्रतियोगितामा विजेता बन्न सफल खेलाडीलाई मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुवकुमार गौतमले बधाई तथा सफलताको शुभकामना व्यक्त गरे ।

Translate »