नेपाल कानून व्यवसायी परिषद् कर्णाली प्रदेशबाट पार्षद सदस्यमा खनाल विजयी

सुर्खेत । नेपाल कानून व्यवसायी परिषद्को पार्षद निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

शनिबार भएको निर्वाचनमा कर्णाली प्रदेश पार्षद सदस्यमा प्रगतिशील तथा गणतान्त्रिक समूहका साझा उम्मेदवार मातृकाप्रसाद खनाल विजयी भएका छन् । निर्वाचनमा खसेको कुल १ सय १५ मध्य ७३ मत प्राप्त गरी खनाल कर्णाली प्रदेशबाट पार्षद सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका उम्मेदवार दमननाथ वमले ४२ मत मात्र प्राप्त गर्न सकेका छन् । निर्वाचित परिणाम अनुसार यी दुई प्रतिद्वन्दी वीच ३१ मतको मात्र मतान्तरण रहेको छ ।

खनाल यसअघि कर्णाली प्रदेश सरकारका मुख्य न्यायधिवक्ता समेत रहेका थिए । कर्णाली प्रदेशभरी कुल १ सय २० मतदाता संख्या रहेको मध्य आज १ सय १५ मत मात्र खसेको निर्वाचन मण्डलका सदस्य रामबहादुर भण्डारीले जानकारी दिए ।

Translate »