२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम



सुर्खेत । कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयले महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम दिन शुरु गरेको छ ।

निर्देशनालयले सुर्खेतको वीरेन्द्रनगरमा सन्तान पढाउन अस्थायी बसोबास गरेका आमालाई स्वरोजार तथा कामकाजी बनाउनका लागि दश दिने अचार बनाउने तालिम दिन शुरु गरेको हो । आइतवार उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक देवीप्रसाद सापकोटाले महिलालाई स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट अचार बनाउने दश दिने तालिमको उद्घाटन गरेका हुन् ।

व्यावसायिक रुपमा अचार बनाउन दक्ष बनाउने गरी शुरु भएको तालिममा उनले आफुले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरेर सके सफल उद्यमी, नसके प्रशिक्षिक बन्न अग्रीम शुभकामना दिए । शिक्षा विकास निर्देशनालयका वरिष्ठ शिक्षा अधिकृत खिमप्रसाद ढकालको अध्यक्षतामा शुरु भएको तालिममा अर्का वरिष्ठ अधिकृत झलकप्रसाद कोइरालाले कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रदेश राजधानी सुर्खेत झरेका सन्तान पढाउन अस्थायी बसोबास गरेका आमालाई स्वरोजार तथा कामकाजी बनाउनका तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले स्थानीयस्तरमा उत्पादन भएका अकबरे खुर्सानी, मुला, गाजर, लसुन, अदुवा, कागती, करेलालगायत तरकारी जन्यवस्तुबाट अचार बनाउन सिकाईने जानकारी दिए । शिक्षा विकास निर्देशनालयका अधिकृत देवी सुवेदीले अचारबाट राम्रो आम्दानी गर्न सकिने भएकाले शिक्षा विकास निर्देशनालयले दिएको अन्य तालिमभन्दा अचार बनाउने तालिम निकै प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन् ।

उनले अचार बनाउनका लागि धेरै समय र खर्च नलाग्ने तर आम्दानी भने मनग्य गर्न सकिने भएकाले सन्तान पढाउन अस्थायी बसोबास गरेका आमाहरुका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गरिन् । निर्देशनालयले कर्णाली लघु उद्यमी खाद्य प्रशोधन उद्योगको सहकार्यमा कर्णालीका विभिन्न जिल्लाका सन्तान पढाउन अस्थायी बसोबास गरेका दुई दर्जन आमाहरुलाई व्यावसायिक रुपमा अचार बनाउने तालिम दिन सुरु गरेको उद्योगका संयोजक लक्ष्मी थापाले बताईन् ।

स्थानीयस्तरमा उत्पादन भएका अकबरे खुर्सानी, मुला, गाजर, लसुन, अदुवा, कागती, करेलालगायत तरकारी जन्यवस्तुबाट अचार बनाउन सिकाईने चर्चित अचार प्रशिक्षक बिमाकुमारी बौडेलले स्काई न्यूजलाई बताईन् ।

‘विभिन्न कारणले धेरै नागरिक बसाइँसराइ गरी बजार झरेपछि सामान्य वर्गलाई दैनिकी गुजारा गर्न सकस छ,’ उनले भनिन्, ‘उनीहरुलाई आयआर्जनसँग जोड्नका लागि विभिन्न तालिम दिइ उद्यमी बनाउन शिक्षा विकास निर्देशनालयको कार्य सरानीय देखिन्छ ।’ तालिमका अर्का प्रशिक्षक गंगा बौडेलले अचार बनाउने तालिमबाट सन्तान पढाउन अस्थायी बसोबास गरेका आमालाई उद्यमी बनाउन सकिने दावी गरिन् ।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार
Translate »