२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

सामाजिक सञ्जालमा देखाइएको भीड र मतदानमा खस्ने मत फरक कुरा हो : एमाले सुर्खेत अध्यक्ष देवकोटा



सुर्खेत । नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले लोकतन्त्र, गणतन्त्र, मानवअधिकार तथा पूर्ण प्रेस स्वतन्त्रता संरक्षणमा योगदान पुर्‍याउने प्रति कृतज्ञ व्यक्त गर्दै निर्वाचनमा सोसल मिडिया मार्फत भ्रामक दुष्प्रचार तथा चरित्र हत्या गर्ने जस्ता कार्यलाई निस्तेज गर्न आवश्यक रहेको औल्याएका छन् ।

प्रेस चौतारी नेपालले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा विहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अग्रज पत्रकार सम्मान तथा सम्वाद कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सुर्खेत क्षेत्र नं २, का उम्मेदवार समेत रहेका अध्यक्ष देवकोटाले सत्यतथ्यलाई तोडमोड गरी सूचना प्रविधिको दुरुपयोग गरेर भ्रम फैलाउनु चिन्ताको विषय बन्दै गईरहेको बताए ।

‘सत्य, तथ्य र विश्वसनीय समाचारले मात्र लोकतन्त्र बलियो बन्नसक्छ, उत्तेजना र आवेगमा आएर मिथ्या एवं भ्रमपूर्ण सूचना फैलाउनु हुँदैन्,’ अध्यक्ष देवकोटाले भने, ‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत तत्व भएकाले यसको संरक्षणमा नेकपा एमाले प्रतिबद्ध भएर जुटेको छ ।’

सामाजिक सञ्जालमा देखाइएको भीड र मतदानमा खस्ने मत फरक कुरा भएको बताउँदै उनले प्रत्यक्षतर्फको मत धेरै पार्टीमा विभाजित भएपनि एमालेले बहुमत ल्याउने दावी गरे ।

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार
Translate »