पञ्चपुरीको हासेगाउँका दर्जन बढी विभिन्न पार्टीका अगुवा नेता कार्यकर्ता एमालेमा प्रवेश


सुर्खेत । आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा सुर्खेत चुनावमय भएको छ । निर्वाचनमा आफ्नो विजय सुनिश्चित गर्न विभिन्न दलहरुका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिई रहेका बेला नेकपा एमाले सुर्खेतलाई भने सुखद् खबर प्राप्त भएको छ ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१, हासेगाउँका दर्जन बढी विभिन्न पार्टीका अगुवा नेताकर्ताहरु नेकपा एमालेमा आज विधिवत प्रवेश गरेको पश्चिम सुर्खेतका एमाले नेता धनबहादुर थापाले जानकारी दिए । उनले नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका विभिन्न पार्टीमा आवद्ध दर्जन बढी नेता, कार्यकर्ताहरु उच्च मनोवलका साथ एमालेमा प्रवेश गरेको जनाए ।

उनका अनुसार बिमला बोहोरा,रमा बुढा, खड्क बिक, दनबहादुर राना, माया नेपाली, बिरेन्द्र रोकाया, मानबहादुर नेपाली, हरिकला नेपाली, उजले नेपाली र दलबहादुर कार्की लगायतका वरिष्ठ नेता तथा कार्यकर्ताहरु विधिवतरुपमा एमालेमा समाहित भएका छन् ।
चुनावी अभियान लिएर गाउँ पुगेका एमालेका उम्मेदरसँगै नेता कार्यकर्ताहरुले उक्त अवसरमा न्यायप्रेमी देशभक्त मतदाताले राष्ट्रिय शक्ति नेकपा एमालेको पक्षमा उभिनु वर्तमानको आवश्यकता रहेको औल्याए ।
उनीहरुले यो निर्वाचन देश बनाउने र देश विध्वंस गर्ने वीचको प्रतिस्पर्धा भएकाले सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्वर २, का उम्मेदवार कुलमणि देवकोटालाई अत्याधिक मत दिएर विजयी गराउन मतदातासँग आग्रह गरे ।

