फागुन २१ गते हुने निर्वाचनमा अनिवार्य मतदान गर्न सुर्खेत उद्योग वाणिज्य संघको आग्रह


सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अनिवार्य मतदान गर्न आग्रह गरेको छ ।
सरकारले आम नागरिकलाई मतदान कार्यमा सहभागी हुन सहज होस् भन्ने उद्देश्यले फाल्गुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिएकाले सुर्खेत जिल्ला भित्रका निजी क्षेत्रका उद्योग, कलकारखाना तथा व्यापारिक प्रतिष्ठानहरुमा कार्यरत श्रमिक, कामदार र कर्मचारीहरुलाई निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न सुउवासंघले आग्रह गरेको हो ।

सुउवासंघले आ–आफ्नो उद्योग, कलकारखाना तथा व्यापारिक प्रतिष्ठानमा कार्यरत श्रमिक, कामदार र कर्मचारीहरुलाई प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनका लागि आवश्यक विदा मिलाई दिन सम्बन्धित सबै उद्योगी तथा व्यवसायीसँग अपिल गरेको छ ।
सघका अध्यक्ष हर्षविक्रम खड्का र महासचिव रामप्रसाद जैसी (राजु) द्वारा संयुक्तरुपमा जारी अपिल पत्र मार्फत सबैलाई निर्धक्क भई मतदान सहभागि हुन आग्रह गरेका हुन् । ‘तपाईको एक भोटले लोकतन्त्रलाई बलियो बनाउँछ । अनिवार्य मतदान गरौं,’ सुउवासंघको अपिल पत्रमा भनिएको छ ।


