२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

जुम्लामा एचपीभि खोप अभियान सञ्चालन हुँदै



जुम्ला । पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप अभियान जुम्लामा सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जुम्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको हो । अहिले एचपीभि खोपलाई अहिले नियमित खोपमा समावेश गरिसकेको छ । जिल्लाका आठ पालिकाका ८४ वटा विद्यालयमा खोप केन्द्र निर्माण गरी खोप प्रदान गरिने छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा खो समन्वय समितिका संयोजक गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा बुधबार एचपीभी खोप अभियान सञ्चालनको पूर्वतयारी सूक्ष्म योजनाबारे सरोकारवालासँग छलफल गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए । उनका अनुसार चैत ९ गतेबाट जुम्लाका आठै पालिकाका ८४ खोप केन्द्रमा खोप प्रदान गरिने छ ।

जुम्लाका आठ स्थानीयतहका गरि एक हजार २७७ जना किशोरी एचपीभि खोप लगाउने लक्ष्य राखिएको छ । जुम्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । जसमा पहिलो चरणमा माघ २७ देखि फागुन २ गते सम्म जुम्लामा खोप अभियान सञ्चालन हुने छ । अभियान अन्तर्गत यस वर्ष कक्षा९६ मा अध्ययन गर्ने जिल्लाभरका १२ सय ७७ किशोरीलाई मात्र पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाइने छ ।

जसमा चन्दननाथ नगरपालिकाका २७७,तातोपानी गाउँपालिकाका १६४, गुठिचौर गाउँपालिकाका ७७, पातारासी गाउँपालिकाका २२१, तिला गाउँपालिकाका १८५, हिमा गाउँपालिकाका २२१,सिजा गाउँपालिकाका १३५ र कनकासुन्दरीका १७७ जना किशोरी गरी १२ सय ७७ जना किशोरीलाई खोप लगाइने छ । गत वर्ष कक्षा ७ देखि १० सम्मका किशोरीलाई खोप दिइएको छ । भने यस वर्ष कक्षा ६ मा पढ्ने किशोरीलाई मात्र खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेम सुमाईले जानकारी दिए ।

एचपीभि खोप अभियान नेपाल सरकारको उच्च प्रथामिकतामा रहेको उनको भनाई छ । बाल मृत्युदर घटाउन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न खोप महत्वपूर्ण मानिन्छ । खोप अभियानबाट कोही नछुट्ने । नदोहोरिने गरी अभियान प्रभावकारी रुपमा सञ्चालन गरिने तयारी छ । लक्ष्यअनुसारका सबै किशोरीलाई खोपको पहुँचमा ल्याउने स्वास्थ्य कार्यालय जुम्लाको दाबी छ । नेपालमा २०३४ सालदेखि खोप कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममा आठै पालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा क्रियाशील पत्रकारहरूको सहभागिता थियो । जुम्लामा खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पत्रकार, लगायत अन्य सरोकारवालाले सकारात्मक सहयोग गरिदिन समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार
Translate »