गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा


काठमाडौं । गृह मन्त्री सुधन गुरुङले राजिनामा दिएका छन् । गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई आज भेटेर राजीनामा बुझाएका हुन् ।

आफ्नो राजीनामाबारे गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । बास्तविक सम्पत्ति लुकाएर विवरण पेश गरेको र विवादित ब्यक्तिहरुसँगको सलग्गनता रहेको आरोप लागेपछि उनीमाथि राजीनामाको दवाव बढेको थियो ।

