२०८३ साउन २५ , सोमबार
Sky News Nepal
August 10, 2026

कालिकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते



कालिकोट । सुर्खेत–जुम्ला सडकमा ब्रेक फेल भएर अटो सडकको पर्खालमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कालिकोटको महाबै–५, गेलाका ३५ वर्षीय मंगल शाही रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार आज विहान कालिकोटको पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो अचानक ब्रेक फेल भएर खाँडाचक्र नगरपालिका–७, पिलीमा दुर्घटना भएको हो ।

दुर्घटनामा महाबै–५, गेलाकी २५ वर्षीया सबिना शाही, २९ वर्षीय कुलप्रसाद भट्टराई र वडा नं. ६ की प्रतिमा आचार्य घाइते भएको प्रहरीको भनाइ छ । घाइतेलाई जिल्ला अस्पताल मान्म ल्याइएकोमा दुई जनाको अवस्था गम्भिर रहेकाले जुम्ला रेफर गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार
Translate »