२०८३ साउन २६ , मंगलबार
Sky News Nepal
August 11, 2026

हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते



श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिका–४, लौठीमा बोलेरो जीप दुर्घटनामा परेको छ । आज विहान जिल्लाको अदानचुली गाउँपालिकाको कगाईबाट श्रीनगरतर्फ आउदै गरेको भे १ च– १६८५ नम्बरको जीप लौठी खोला नजिक ओरालोमा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले दुर्घटना परी अदानचुली गाउँपालिका–५ की २३ वर्षिया बिमला सिहंको बायाँ हात भाँचिएको, सोही वडाकी ३५ कलक छत्यालको अनुहारमा चोट लागेको र जीप चालक चंखेली गाउँपालिका–३ का उज्वल बुढाको खुट्टामा चोट लागेर घाइते भएको जानकारी दिए ।

उनले जीप दुर्घटनामा परेको खबर पाउना साथ गल्फागार्ड प्रहरीचौकीबाट प्रहरी वरिष्ठ हवाल्दार मानबहादुर अधिकारीको नेतृत्वमा ७ जनाको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरि श्रीनगर स्वास्थ्यचौकीमा उपचार भईरहेको बताए ।

उनका अनुसार डबल क्यापको जीपमा सवारी चालकसहित ५ जना सवार थिए । घाईते मध्य बिमला शाहीको हातको हड्डी नै भाँचिएकाले प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक बिनोद बुढाले बताए ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मंगलबार
Translate »