अबैध भरुवा बन्दुक सहित एक जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले बराहतालबाट अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आज बराहताल गाउँपालिका–४, का ५३ वर्षिय शेरबहादुर रानालाई अबैध भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

अबैध भरुवा बन्दुक घरमा लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तरंगा र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले बन्दुकसहित रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका रानालाई ईप्रका बाबियाचौरबाट हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भई रहेको छ ।

Translate »