सुर्खेत जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा शर्मा निर्वाचित

सुर्खेत । सुर्खेत जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा मोतिराम शर्मा निर्वाचित भएका छन् ।  शनिबार वीरेन्द्रनगरमा सम्पन्न एशोसिएसनको १८ औं अधिवेशनबाट शर्मा निर्वाचित भएका हुन् ।

अधिवेशनले उपाध्यक्षमा हस्तराज रेग्मी, सचिव खगेन्द्रबहादुर खनाल, सह–सचिव मंगलसेन सार्की, कोषाध्यक्ष उपेन्द्रकुमार रावत तथा सदस्यहरुमा रत्नबहादुर भण्डारी, प्रकाशकुमार चन्द, डम्बरबहादुर थापा, नवराज चौलागाई, प्रेमबहादुर फडेरा, गजबहादुर केसी, सीता गौतम र लोकेन्द्रबहादुर शाहीलाई निर्वाचित गरेको हो ।

त्यस्तै अधिवेशनले पार्षद सदस्यमा वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, रामबाबु विसी र टोपबहादुर वलीलाई निर्वाचित गरेको निर्वाचन समितिका संयोजक गणेशबहादुर वलीले जानकारी दिए ।

Translate »