संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि उहाँले मंगलवार संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश, २०८३ जारी गर्नुभएको हो ।

यसअघि सरकारले सिफारिस गरेका आठ अध्यादेशमध्ये सातओटा राष्ट्रपतिले जारी गर्नुभएको थियो । तर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार आवश्यक रहेको भन्दै राष्ट्रपति पौडेलले गत आइतवार सरकारलाई फिर्ता पठाउनुभएको थियो ।

सोही अध्यादेशलाई सोमवार बसेको मन्त्रिपरिषद् बैठकले जस्ताकोतस्तै पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसपछि राष्ट्रपतिले उक्त अध्यादेश जारी गर्नुभएको हो ।

Translate »