‘नेपाल स्काउटलाई कर्णालीका सबै पालिकास्तरसम्म पु¥याइने’


सुर्खेत । कर्णाली प्रदेश सरकारले आउँदो वर्ष भित्र प्रदेश सबै पालिकास्तरसम्म नेपाल स्काउटलाई पु¥याउने योजना बनाएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा फिनल्याण्ड–नेपाल साझेदारी परियोजना अन्र्तगत ‘शान्ति र सुरक्षा’ कर्णाली प्रदेशस्तरीय कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नेपाल स्काउटलाई प्रदेशका सबै पालिकास्तरसम्म पु¥याईने योजना रहेको जानकारी दिएका हुन् ।
उनले विद्यालयलाई उत्पादनसँग जोडेर नेपाल स्काउटलाई अब प्रत्यक विद्यालयसम्म पु¥याउने तयारी भईरहेको बताए । ‘विद्यालय स्तरमा शिक्षक र विद्यार्थीलाई स्काउटको माध्यमबाट स्वयम्सेवी भावना जागृत गराउन महत्वपूर्ण भूमिका रहेको आएको छ,’ उनले भने, ‘बालविवाह उन्मूलन, जातिय विभेद, छुवाछुत, लैङ्गिक हिंसा रोकथाम र समतामुलक समाज निर्माणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको छ ।’

उनले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्दै आईरहेको नेपाल स्काउटप्रति विगतमा प्रदेश सरकारको आवश्यक ध्यान नपुगेपनि अब भने प्राथमिकताका साथ स्काउटका गतिविधिहरुलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे । विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा संलग्न गराउन सके सभ्य, सृजनशील र रचनात्मक समाज निर्माणमा टेवा पुग्ने उनको विश्वास थियो ।

कार्यक्रममा नेपाल स्काउटका कर्णाली प्रदेश प्रमुख आयुक्त कमल बोहराले कर्णाली प्रदेश सरकारद्वारा नेपाल स्काउटलाई प्रदेशका प्रत्यक पालिकास्तरका विद्यालयस्तरसम्म पु¥याइने योजनाको स्वागत गरे । उनले हाल सरकारी सहयोग विना ‘एक घर, एक स्काउट’ अभियानलाई कार्यान्वयनमा लैजान समेत सकस भईरहेको जानकारी दिए ।

नेपाल स्काउटले विभिन्न फोरममा उल्लेखनीय भूमिका खेलेको बताउँदै नेपाल स्काउट (एसपीएस प्रोजेक्ट) लिडर प्रतिमा सिल्वालले स्काउटको विस्तार र विकासमा सरकारको आवश्यक सहयोग चाहिएको बताईन् । स्काउटले समाजमा रहेका विकृति, विसङ्गति, लागुपदार्थ दुव्र्यसनी रोकथाम तथा कुप्रथा अन्त्यका लागि जागरण अभियान चलाईरहेको बताउँदै उनले राष्ट्र र समाजप्रति स्काउट सेवाभावले क्रियाशील रहेको जनाईन् ।
कर्णालीका आठ जिल्लाका ६० जना स्काउट मास्टर र प्रशिक्षार्थीहरुको सहभागिता रहेको कार्यक्रमलाई प्रशिक्षक कृति भट्टराई र सोनु भण्डारीले सहजकरण गरेको नेपाल स्काउट कर्णाली प्रदेशका अधिकृत नरेन्द्र बोहराले जानकारी दिए ।


