वीरेन्द्रनगरमा काफल बेच्ने महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरी कारबाहीमा


सुर्खेत । वीरेन्द्रनगरमा काफल बेच्द गरेकी महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई विभागीय कारबाही गर्ने जानकारी दिएको हो । साथै नगरपालिकाले पीडित महिलालाई उचित क्षतिपूर्ति दिएको जनाएको छ ।


नगर प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । डोकोमा काफल बेच्दै हिँड्दै गरेकी महिलामाथि दुर्व्यवहार भएको थियो ।
सामाजिक सञ्जालमा आएको उक्त भिडियो वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिकको र खिचिएको भनिएको छ । घटना मङ्गलवार साँझपखको भएको बताइएको छ ।


