हुम्ला र बाजुरा सिमा विवाद समाधान गर्न सांसदहरुको माग

काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले हुम्ला र बाजुराको सिमानाको विषयलाई लिएर भएको घटनाको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउदै तत्काल सिमा विवाद समाधान गर्न सरकारसँग माग गरेका छन् ।
सांसदहरु केपी खनाल, जनकराज गिरी, टिका संग्रौला लगायतले हुम्ला र बाजुरामा लामो समयदेखि सिमा बिबाद रहदै आएको भन्दै समस्या छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
उनीहरुले जडीबुटीको भण्डार र पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रको संरक्षण गर्नुपर्ने, घटनाका पिडितलाई उपचार क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीलाई कारवाहीको माग गरे ।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले संसदको मर्यादा र गरिमा कायम राख्ने जिम्मेवारी सभामुख, सरकार र सांसद सबैको भएको भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरे ।
पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको भएपनि सभामुखकले साथ नदिएको आरोप लगाए ।
श्रम संस्कृति पार्टीले सरकार खोज्दै प्लेकार्ड देखाएको सन्र्दभमा विगतमा रास्वपाले निलो स्कार्फ बाँधेर सदनमा आएको स्मरण गराउदै विगतको र अहिलेको दुवै कार्य अमर्यादित भएकाले संसदको गरिमा कम हुन नदिन सभामुखले भूमिका खेल्नुपर्ने बताए ।
सांसदहरुले सिराहा लगायत मधेशमा नालाको व्यवस्था तथा पानीको निकास प्रभावकारी नहुँदा लामखुट्टे बढेको र रोग फैलिएको भन्दै त्यसको व्यवस्थापनका लागि माग गरे ।
सांसदहरुले दुग्ध उत्पादक किसानले समयमा भुक्तानि पाउन नसकेको भन्दै १५ दिनभित्र अनिवार्य रकम भुक्तानिको व्यवस्था गर्न माग गरे ।
सांसदहरुले बैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यवस्था गरिएको फ्रि भिसा फ्रि टिकटको व्यबस्थालाई प्रभावकारी बनाउन माग गरे।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्ले कार्ड देखाएर विरोध गरेका छन् ।
बैठकमा अध्यक्ष राइले संसदप्रति प्रधानमन्त्री र सरकार उत्तरदायी हुनुपर्ने भन्दै प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने माग गरे ।

Translate »