हुम्ला–बाजुरा सीमा विवाद सल्ट्याउन मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्ला र सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् ।

मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री शाहलाई आज एक पत्र लेख्दै विगत केही दिनदेखि उत्पन्न सीमा विवादका कारण त्यहाँका नागरिकबीच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको उल्लेख गरेका हुन् ।

मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री शाहलाई लेखेको पत्रमा दुई जिल्लाको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजकता अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले पत्रमा विवाद समाधानको संघीय सरकारले आवश्यक पहल गर्नु पर्ने उल्लेख गर्दै तत्काल पहल गर्न अनुरोध गरेका हुन् ।

Translate »