सुर्खेतका डीएसपी मोहनजंगको बुटवल सरुवा

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुडथापाको बुटवल सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले जेठ १ गते (शुक्रबार) देखि लागु हुने गरी बुडथापासँगै १ सय ४९ जना डीएसपीहरुको एकैसाथ सरुवा गरेको हो । डीएसपी बुडथापालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय रुपन्देही बुटवलमा सरुवा गरिएको छ ।

करिब तेह्र महिना जिप्रका सुर्खेतको सूचना अधिकारीको रुपमा उल्लेखनीय कार्य सम्पादन गरेका डीएसपी बुडथापाले शान्ति सुरक्षासँगै व्यवसायिक कार्यकुलता देखाउँदै प्रहरी संगठनप्रति आम नागरिकको जनविश्वास बढाउने काम गरेका थिए ।

सादा जीवन, उच्च विचारका अनुयायी (डीएसपी) बुडथापाले विभागीय मूल्य मान्यता अनुरुप कर्तव्यनिष्ठ, अनुशासित भएर विभिन्न निकाय र संघसंस्थाहरु वीच समन्वय तथा सहकार्यमा प्रभावकारी भूमिका निर्वाह गरेका हुन् ।

अब उनको स्थानमा बर्दियाको राजपुर ईलाका प्रहरी कार्यालयबाट (डीएसपी) कविन्द्रसिंह बोहरालाई सरुवा गरिएको छ । बोहराले अब सुर्खेतको नयाँ डीएसपीको रुपमा छिट्टै जिम्मेवारी लिने छन् ।

Translate »