तीन थान भरुवा बन्दुक बरामद

सल्यान । सल्यानको सामुदायिक वनभित्र लुकाई–छिपाई राखेका तीन थान अवैध भरुवा बन्दुक फेला परेका छन् ।

प्रहरीले बनगाड कुपिन्डे नगरपालिका– १२, चौरस्थित सिद्धगुफा सामुदायिक वनमा बेवारिसे अवस्थामा बन्दुक फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सामुदायिक वनमा बेवारिसे अवस्थामा अवैध भरुवा बन्दुक रहेको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उक्त बन्दुक फेला परेका हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी (प्रहरी निरीक्षक) देवराज भट्टराईले जानकारी दिए ।

Translate »