१९१ क्युफिट अवैध काठ बरामद


सल्यान । सल्यान प्रहरीले एक ट्रक अवैध काठ बरामद लिएको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१, सल्लीबजारदेखि नेपालगञ्ज लिँदै गरेको १९१ दशमलव ७८ क्युफिट (२३२) थान मसला जातको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

काठ सहित ढुवानीमा संलग्न चालक र सवारी साधनलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी (प्रहरी निरीक्षक) देवराज भट्टराईले जानकारी दिए ।
उनले बरामद काठ, चालक र साधनलाई आवश्यक कारबाहीका लागि सव–डिभिजन वन कार्यालय बनगाडमा पठाईएको बताए ।

