यु–१९ महिला राष्ट्रिय क्रिकेट : बागमतीको पहिलो जीत

वीरेन्द्रनगर । सुर्खेतमा जारी प्रतियोगीतामा लगातार दुई खेल हारेको बागमतीले पहिलो जीत हात पार्दै हालसम्मकै सर्वाधिक स्कोर बनाएको छ ।

प्रतियोगिताको आफ्नो तेश्रो खेल कोशीविरुद्ध खेलेको बागमतीले २३ रनको जित हात पा¥यो । योसँगै बागमती दुई अंकका साथ तालिकाको पाँचौं स्थानमा उल्किएको छ ।

कालुङचोक मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रनको योगफल खडा गरेको थियो । बागमतीका लागि ओपनर सेविकाकुमारी यादव र प्रथा श्रेष्ठले उत्कृष्ट साझेदारी गरे । दुबैले १४।३ ओभर क्रिजमा टिकेर पहिलो विकेटका लागि १२३ रनको बलियो साझेदारी गरे ।

११ चौकासहित ४७ बलमा ६६ रन जोडेकी सेविका टीका शाहीको बलमा शुभेक्षा लिम्बुबाट क्याच आउट भइन् । त्यसको दुई ओभरपछि प्रथा पनि ४८ बल खेल्दै ११ चौकासहित ६१ रन जोडेर खिमकला घिमिरेबाट बोल्ड भइन ।

Translate »