

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयले विहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार ओखलढुङ्गाका गुरुप्रसाद वाग्ले र काठमाडौंका डा. राजीव सुव्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार










