२०८३ साउन १५ , शुक्रबार
Sky News Nepal
July 31, 2026

अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु



 

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर धुलियाविट नजिकै अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेतका ६० वर्षीय रत्न विकको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

विकलाई गएको असार २४ गते कर्णाली प्रदेश ०२००१ स १०९४ नम्वरको अटोले ठक्कर दिएको थियो । अटोको ठक्करले टाउको र ढाडमा चोट लागेका उनलाई उपचारका लागि कर्णाली केयर सुर्खेतमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेर नेपालगञ्ज नर्सिङहोम र त्यहाँबाट पनि भारतको लखनउ सिटी अस्पतालमा लगिएको थियो ।

लखनउ सिटी अस्पतालमा उपचारकै क्रममा उनको विहीबार मृत्यु भएको डीएसपी बोहराले बताए । उनका अनुसार चालक २३ वर्षीय राजु सुनार र अटो प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ । प्रदेश अस्पताल कालागाउँ सुर्खेतको शव गृहमा लास राखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार
Translate »