प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु


वीरेन्द्रनगर । सुर्खेत प्रहरीको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाकै वीरेन्द्रनगर नगरपालिका–१०, का २१ वर्षीय साकिर बक्स रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हिरासतमा रहेका बक्सको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आजै बिहान प्रदेश अस्पताल कालागाउँ पु¥याईएपनि चिकित्सकले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए ।
उनले मृत्युको कारण भने हालसम्म खुल्न नसकेपनि घटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार बक्स चोरी सम्बन्धी मुद्दामा गत जेठ २७ गते पक्राउ परेका थिए । शब पोष्टमाटमका लागि अस्पतालको शवगृहमा राखिएको छ ।

