२०८३ साउन २३ , शनिबार
Sky News Nepal
August 9, 2026

खाद्य अधिकार सञ्जाल भेरीगंगाको संयोजकमा गणेशबहादुर वली



छिन्चु । खाद्य अधिकार सञ्जाल भेरीगंगाको संयोजकमा गणेशबहादुर वली चयन भएका छन् ।

बाच्न पाउने अधिकारको आधार : खाद्य अधिकार भन्ने मुल नाराका साथका मंगलबार छिन्चुमा उपस्थित भेलाले वलीलाई पालिका स्तरीय संयोजकमा सर्वसम्मत चयन गरेको हो ।

भेलाले सह–संयोजकमा सन्तबहादुर कामी, सचिवमा डिलमाया दर्लामी तथा सह–सचिवमा डिलसरा वलीलाई चयन गरेको छ । त्यस्तै कार्य समिति सदस्यमा मानसिं थापा, लिला खड्का, धनसरा वली, मैनकला चुनारा, ऋतु देवकोटा, लक्ष्मी घर्ती, झरसिं बुढा, बिमला कठायत र शान्ता डाँगी चयन गरेको हो ।

फियान नेपालद्वारा सञ्चालित परियोजनाको लक्ष्य, उद्देश्य अनुसार पालिकास्तरीय सामुदायिक सञ्जाल निर्माण तथा सुदृढीकरण अभिमुखीकरण कार्यक्रम अन्तर्गत जेष्ठ सदस्य मानसिं थापाको अध्यक्षता तथा भेरीगंगा नगर प्रमुख यज्ञप्रसाद ढकाल, प्रमुख प्रशासकीय अधिकृत हरीबहादुर खत्री, फियान नेपाल परियोजना ब्यवस्थापक तिलक अधिकारी, वरिष्ठ कार्यक्रम अधिकृत कविता रेग्मी, कार्यक्रम अधिकृत राजेन्द्र बस्नेतको उपस्थितिमा भेलाले नगर स्तरीय खाद्य अधिकार सञ्जाल भेरीगङ्गा गठन गरेको छ ।

नवगठित समितिलाई प्रशिक्षण सहित उपस्थिति अतिथिद्वारा बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार
Translate »