२०८३ साउन ५ , मंगलबार
Sky News Nepal
२०८३ साउन ५ , मंगलबार

स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा बहाव बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला आसपास बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । विभागका बाढीविद् बिनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपासका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी तथा प्रतिकार्य तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।रासस

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार
Translate »