२०८३ साउन १३ , बुधबार
Sky News Nepal
July 29, 2026

कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीद्वारा पद तथा गोपिनियताको सपथ



सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

उनले आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका वीच प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पद तथा गोपियनताको सपथ लिएका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलका नेतासमेत रहेका शाहीलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मंगलबार मात्रै एमालेको समर्थनमा शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मंगलबार नै मुख्यमन्त्रीमा नियुक्त भएका शाहीलाई नेकपाका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० गरी कुल २४ सांसदको समर्थन छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १५ जना, नेकपाका १४, एमालेका सभामुखसहित १० र राप्रपाका एक प्रदेशसभा सदस्य रहेका छन् ।

प्रदेश सरकार बनाउनका लागी २१ सांसदको आवश्यक पर्छ । चैत २०८० मा नेकपाको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता यामलाल कँडेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री शाहीले पद तथा गोपनीयताको शपथ पश्चात् आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । त्यस क्रममा उनले प्रदेश सरकारका विकास आयोजनाहरुको प्रगति विवरण देखिने गरी आयोजनाहरुको ट्¥याकिङ सिस्टम स्थापना तथा सञ्चालन गरिने निर्णय गरेका छन् ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार
Translate »