

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ भोटेमारास्थित सानीभेरी नदीमा माछा मार्न जाल खेल्ने क्रममा नदीले बगाएकाको शव फेला परेको छ ।

नदीले बगाएका ३४ वर्षिय देव वलीको आज सानीभेरी गाउँपालिका–७ सहरेखोलास्थित सानीभेरी नदीको किनारमा फेला परेको हो । बाँफिकोट गाउँपालिका–१० का वलीलाई शुक्रबार (साउन २२ गते) सानीभेरी नदीमा जाल खेली माछा मार्ने क्रममा नदीले बगाएको थियो ।
घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन २६ गते मंगलबार











