

सुर्खेत । पश्चिम सुर्खेतमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको चौकुने गाउँपालिका–१० चालिखेमा सर्पको टोकाइबाट ५८ वर्षीया देउमा कामीको उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराका अनुसार मंगलबार साँझ घरमा भाँडा माझ्ने क्रममा कामीलाई सर्पले दायाँ हातको चोर औंलामा टोकेको थियो ।
सर्पले टोकेपछि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याईएकोमा उपचारकै क्रममा चिकित्सकले मृत्त घोषणा गरेको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भईरकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार











